s

यूएईले ८ देशका लागि हटायो प्रहरी रिपोर्ट, नेपालका लागि भने कायमै

Year of Publication: 28 March 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

संयुक्त अरव इमिरेट्स (यूएई)ले भारतसहित अन्य आठ मुलुकलाई भीषाका लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
 
इमिरेटर्स पिआर डट कमका अनुसार उक्त व्यवस्था २७ मार्च अर्थात् बुधबारदेखि नै कार्यान्वयनमा आएको छ । भारतसहित सार्क अन्तरगतको श्रीलंका र बंगलादेशका नागरिकले पनि असल चालचलनको प्रमाणपत्रबाट छुट पाएका छन् । त्यस्तै इण्डोनेशिया, ईजिप्ट, सेनेगल, नाईजेरिया र ट्युनिशियाका नागरिकहरुले पनि असल चालचलनको झन्झटबाट मुक्ति पाएका छन् । तर, नेपाली कामदारको हकमा भने यो प्रावधान कुनै परिवर्तन गरिएको छैन । दूतावासले गत माघ २१ गतेदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणीकरणको व्यवस्था गरेको थियो । त्यसलगत्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारहरुका हकमा उक्त व्यवस्था हटाउन माग गर्दा नेपालकालागि यूएईका राजदूतले विश्वका सबै मुलुकमा उक्त व्यवस्था एकसाथ लागू भएको भन्दै हटाउन नसकिने बताएको सार्वजनिक भएको थियो ।
 
Published on: 28 March 2018 | Madhyanha

Back to list

;