s

यूएईबाट कोमाका बिरामी सुटुक्क काठमाडौं

Year of Publication: 21 October 2019 | Kantipur

Published by: CESLAM

नेपाली दूतावासकै अनुमतिबिनै बिरामी नेपाल पठाएको कम्पनीले न परिवारलाई क्षतिपूर्ति दिएको छ न त उपचारखर्च

होम कार्की

पर्वतका २७ वर्षीय कुमार फगामी चार वर्षदेखि यूएईको अस्पतालमा थिए । सियोङ कन्स्ट्रक्सन कम्पनीका कामदार उनी दुर्घटनामा परेपछि २०१५ जुलाई १ देखि कोमामा छन् । भदौ १६ गते अचानक बहिनी धनमायालाई भारतबाट एक महिलाले फोन गरिन् । उनले कुमारलाई नेपाल ल्याउन लागिएको जानकारी दिइन् । यूएईबाट सरकारको अनुमतिबिना नेपाल ल्याइएका मोदी गाउँपालिका–४ स्थित क्याङ, पर्वतका २७ वर्षीय कुमार फगामी । उनी ५ वर्षदेखि कोमामा छन् ।  ‘तपाईंहरू आइराख्नु पर्दैन । हामीले बिरामी राख्ने अस्पताल खोजिदिइसकेका छौं,’ उनले भनिन्, ‘यहाँबाट डाक्टर र नर्ससहितको टोली आउनेछ ।’ धनमायाले ५५ वर्षीया आमा अमितालाई यो खबर सुनाइन् । छोराको अनुहार हेर्न ५ वर्षदेखि तड्पिइरहेको उनको मन किन मान्थ्यो र ? धनमाया र कान्छा छोरा भीमबहादुरको साथ लागेर त्यही दिन कुस्माबाट बस चढिन् ।

भदौ १७ गते बिहान ९ बजे उनीहरू त्रिभुवन विमानस्थल पुगे । अलौकी कियर होम एन्ड रिहाबिलिसन सेन्टरका प्रतिनिधि पनि एम्बुलेन्स लिएर तम्तयार थिए । कुमारलाई ह्वीलचियरमा राखेर अध्यागमन पार गराउन सकिने अवस्था थिएन । बिरामी लिन एम्बुलेन्स रोकिएको विमान नजिकै गयो । कुमार बोल्न सक्तैनथे । हातखुट्टासमेत अरूले चलाइदिनुपथ्र्यो । उनले एकोहोरो हेरी मात्रै रहे । आमा, भाइ र बहिनीलाई चिनेको कुनै संकेत दिएनन् । छोरालाई यस्तो अवस्थामा देखेर आमा अमिता आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । यूएईबाट आएका डाक्टरले कुमारलाई अलौकीका प्रतिनिधिको जिम्मा लगाए । उनको स्वास्थ्य रिपोर्ट हस्तान्तरण गरेर फर्किए । दुबईबाट तीन सय किलोमिटर टाढा मदिनट जायद सेन्टर फर रिहाबिलेसन एन्ड कियरमा राखिएका कुमार एक्कासि कसरी आइपुगे ? यो परिवारलाई पनि थाहा छैन । यस्ता बिरामीलाई नेपाल ल्याउन यूएईस्थित नेपाली दूतावासको अनुमति चाहिन्छ । ‘कुमारलाई नेपाल लैजान कम्पनीले नेपाली दूतावाससँग अनुमति लिनुपथ्र्यो । हाम्रो जानकारीबिना बिरामीलाई नेपाल लगिएको रहेछ । यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘कम्पनीलाई कारबाही गर्न दूतावासले आवश्यक प्रक्रिया थाल्नेछ ।’

सियोङ कम्पनीले कुमारलाई उपचार गर्ने भन्दै भारत लैजाने कागजात बनाएको रहेछ । त्यहाँबाट सरकारी प्रक्रिया छलेर बिरामीका आफन्तलाई जिम्मा लगाइएको हो । अलौकीलाई पनि कहाँबाट कस्तो बिरामी ल्याइँदै छ भन्ने स्पष्ट बताइएको थिएन । ‘हामी विशेष रूपमा वृद्धावृद्धाको स्याहारसुसार गर्छौं । हाम्रो सेन्टरले डक्टर अन कलसँग साझेदारी गरिरहेको छ । डक्टर अन कललाई भारतस्थित युनिभर्सल मेडिकलले सम्पर्क राखी हाम्राबारे बुझेको रहेछ । हामीले हाम्रो रेट बुझायौं, त्यसको तीन दिनमै बिरामी आइपुगे,’ सेन्टरका एक अधिकारीले कान्तिपुरसित भने, ‘हामी आफैं अचम्ममा परेका छौं ।’ सेन्टरमा एक महिनाको उपचारखर्च कम्पनीले नै बेहोरिदिएको छ । ‘असोज १६ गतेसम्म उनीहरूले नै खर्च गरे ।त्यसपछिको खर्च हाम्रा टाउकामा आइपरेको छ,’ धनमायाले भनिन्, ‘दाइसँगै कम्पनीले केही राहत पनि देला भन्ने आशा गरेका थियौं । हामीलाई बिरामी मात्रै जिम्मा लगाएर गयो ।’

परिवारले कम्पनीबाट क्षतिपूर्ति पाउने वा नपाउने केही टुंगो लागेको छैन । उनीहरूको आर्थिक अवस्था कमजोर छ । पर्वतको मोदी गाँउपालिका–४ क्याङमा रहेको जग्गाले वर्षभरि हातमुख जोर्नै मुस्किल छ । लेकाली भेग भएकाले आलु र कोदो मात्रै फल्छ । त्यो बेचेर अस्पताल खर्च तिर्न सक्ने अवस्था छैन । परिवारका अनुसार दैनिक २ हजारभन्दा बढीको बिल आउँछ । ‘बुबा भारतमा काम गर्नुहुन्थ्यो । उतै बेपत्ता हुनुभयो । त्यतिखेर कुमार दाइ १३ वर्ष र भाइ भीम ६ वर्षका थिए,’ धनमायाले भनिन्, ‘आमाले हामीलाई गाउँमै हुर्काउनुभयो । हामीले पढ्न पनि सकेनौं । जब दाइले जिम्मेवारी सम्हाल्न सक्ने अवस्था आयो, उहाँ दुबई जानुभयो तर दुबईले जिउँदो लास बनाएर फर्काइदियो ।’ कुमारलाई ल्याइएपछि उनीहरूको दैनिकी फेरिएको छ । धनमाया आठवर्षे छोरालाई छाडेर काठमाडौं आउनुपरेको छ । श्रीमान् चार वर्षदेखि दुबईमै कार्यरत छन् । ‘हामी तीन जना होटलमा बसिरहेका थियौं । छोराको स्कुल सुरु भएपछि आमा र छोरालाई कुस्मा पठाएको छु,’ उनले भनिन्, ‘भाइ र म होटलमै बसिरहेका छौं ।’ उनीहरूले कुमारको वास्तविक अवस्था अझै आमालाई बताएका छैनन् । ‘उहाँलाई ठीक हुन्छ भनेर ढाँटिरहेका छौं । सधैंभरि यस्तै हो भन्ने थाहा पाए आफूलाई कसरी सम्हाल्न सक्नुहोला ?,’ उनले भनिन् । सरकारले कुमारको जिम्मेवारी लिइदिए आफूहरूलाई केही राहत हुने परिवारको बुझाइ छ । ‘काठमाडौंमै राखिराख्न हामीलाई निकै कठिन छ । पोखरासम्म लैजान पाए हुन्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ लैजाँदा दोहोरो खर्च हुँदैनथ्यो ।’ सरकारले कोमाका बिरामीलाई उपचार गर्न अध्ययन गरिरहेको छ । फगामी परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा क्षतिपूर्ति र बिरामीको उपचारखर्च जुटाइदिन निवेदन दिएको छ । ‘बोर्डबाट क्षतिपूर्ति आइदिए पनि हामीलाई ठूलो राहत हुने थियो,’ धनमायाले भनिन् । कुमार श्रम स्वीकृतिको अवधिभित्र दुर्घटनामा परेकाले क्षतिपूर्ति पाउने सम्भवाना रहेको

Published on: 21 October 2019 | Kantipur

Link

Back to list

;