s

युएईमा कार्यरत नेपालीका आफन्तले नो अब्जेक्सन लेटर नपाउने

Year of Publication: 15 July 2019 | Setopati

Published by: CESLAM

संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीका आफन्तले भ्रमण भिसाका लागि नो अब्जेक्सन लेटर नपाउने भएका छन्।युएईका लागि नेपाली दूतावासले आइतबार सूचना जारी गरी यसअघि दूतावासले दिँदै आएको त्यस्तो लेटर आजदेखि नपाउने बताएको छ।

दूतावासको सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्सको भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरूका नजिकका नातेदारहरू (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासू, ससुरा र छोराछोरीलाई जारी हुँदै आएको नो अब्जेक्सन लेटर असार ३० गतेदेखि जारी गरिने छैन।’

यसअघि युएईमा जागिर गर्ने नेपालीका आफन्तहरू भ्रमण भिसामा युएई जान चाहे भने दूतावासले नो अब्जेक्सन लेटर लेखिदिन्थ्यो, त्यसले उनीहरूलाई सजिलो हुन्थ्यो।

Published on: 15 July 2019 | Setopati

 

Back to list

;