s

टर्की पठाइदिने भन्दै सवा करोड ठगी

Year of Publication: 27 September 2023 | Naya Patrika

Published by: CESLAM

टर्की पठाइदिने प्रलोभनमा ३० पीडितसँग करिब सवा करोड रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ।

प्रहरीले टर्की पठाइदिने भन्दै एक करोड १५ लाख ९९ सय हजार आठ सय रुपैयाँ ठगीमा गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका– ५ लेखनाथ टोलकी ३२ वर्षीया सुरुचि भुजेललाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पोखराबाट पक्राउ गरेको हो। प्रहरीले सात दिनको म्याद लिएर उनीमाथि अनुसन्धान गरिरहेको छ।

सिआइबीका अनुसार भुजेलसहित पोखरा– ५ लेखनाथ टोलका ४२ वर्षीय विनोद श्रेष्ठले टर्कीमा मासिक १४ सय अमेरिकी डलर कमाइ हुने प्रलोभन देखाई पीडितसँग रकम उठाएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

टर्कीमा भूकम्प गएको र त्यसपछिको पुनर्निर्माणमा कामदार आवश्यक रहेको भन्दै उनीहरूले पीडितलाई विश्वासमा लिएका थिए। संयुक्त राष्ट्र संघले पुनर्निर्माणमा सहयोग गर्ने हुँदा नेपाली मजदुर त्यसैका लागि आवश्यक रहेकोसमेत उनीहरूले बताउने गरेका थिए। उनीहरूबाट ठगिएका अन्य पीडितलाई पनि प्रहरीको सम्पर्कमा आउन सिआइबीले अनुरोध गरेको छ।

Published on: 27 September 2023 | Naya Patrika

 

Link

Back to list

;