s

ठगी आरोपमा श्रीमान्–श्रीमती नै पक्राउ

Year of Publication: 4 November 2019 | Naya Patrika

Published by: CESLAM

दक्षिण एसियन मुलुक लाओस पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा मकवानपुर हेटौँडा–१२ सिग्रनी सोल्टिचोकका ५० वर्षीय विजय थिङ र उनकी श्रीमती ५० वर्षीय सजना थिङ पक्राउ गरेका छन् ।

अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हेटौँडाबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले आकर्षक कमाइ हुने प्रलोभनमा रामेछाप अख्रेनीका नवीनकुमार तामाङसहित चारजनासँग २४ लाख २० हजार रुपैयाँ लिएका थिए । तर, उनीहरूलाई गन्तव्यमा नपु-याई भारत लगेर अलपत्र छाडेका थिए । पीडितकै जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Published on: 4 November 2019 | Naya Patrika

Link

Back to list

;