s

तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा

Year of Publication: 23 October 2019 | Nagarik

Published by: CESLAM

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली सहित १३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। वैदेशिक रोजगारीमा जाने महिला र पुरुषलाई ‘भिजिट भिसा’मा खाडी मुलुकमा प्रस्थान अनुमति दिएर बिचौलियालाई सघाएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ। पराजुलीले कार्यालय समयमा कम्प्युटरको नेटवर्क बन्द गरी शंकास्पद रूपमा दुईवटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्री बोलाई कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ।

पराजुलीले प्रयोग गर्ने मोबाइलको ‘कल रेकर्ड’ र अन्य तथ्यबाट उनले कार्यालयका अन्य अध्यागमन अधिकृतलाई ‘म्यासेज’ समेत पठाएको र दुई सय ४८ जनालाई प्रस्थान अनुमति दिने काममा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाको भनाइ छ। पराजुलीसमेतले बिचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति १० हजार लिएर खाडीमा घरेलु कामदारमा जान अनुमति दिएको आयोगले जनाएको छ। आयोगका अनुसार उक्त कार्यालयका अधिकृत मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी र सहायक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ।

Published on: 23 October 2019 | Nagarik

Link

Back to list

;