s

स्वीकृति लिएरमात्र गतिविधि गर्न दूतावासको आग्रह

Year of Publication: 17 October 2019 | Kantipur

Published by: CESLAM

कतारको दोहास्थित नेपाली दूतावासले कतारको स्थानीय कानुन र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ । कतारको स्थानीय प्रशासनले नेपाली समुदायबाट त्यहाँको प्रचलित कानुनविपरितका गतिविधि भइरहेकोतर्फ दूतावासको ध्यानाकर्षण गराउँदै त्यसलाई रोक्न आग्रह गरेको थियो ।

कतारको आग्रहपछि दूतावासले बुधबार सूचना जारी गरी कतारी सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएरमात्र राजनीतिक, सामाजिक र धार्मिक गतिविधि गर्न नेपाली समुदायलाई सजग गराएको हो । कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई नेपाली समुदायले भेला, बैठक आयोजना गर्ने, चन्दा संकलन गर्ने गरेको पाइएपछि दूतावासले कतारी कानुनको पालना गर्न नेपालीलाई आग्रह गरेको हो ।

Published on: 17 October 2019 | Kantipur

Link

Back to list

;