s

शून्य लागतमा जानेगरी ओमनसँग श्रम सम्झौता हुँदै

Year of Publication: 10 November 2019 | Setopati

Published by: CESLAM

नेपाल सरकारले ओमनसँग श्रम सम्झौताको गर्ने भएको छ। यसअघि आठ देशसँग श्रम सम्झौता गरेको नेपालले ओमनसँग शून्य लागतमा जानेगरी श्रम सम्झौता गर्न लागेको हो।

श्रम सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट पास भएर ओमन पठाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले बताए।

सहसचिव ढुङ्गानाले भने ‘हामीले तिहारअघि नै प्रस्ताव पठाइसकेका छौं, त्यसको जवाफ आएको छैन।’नेपाल सरकारले ओमनका श्रम मन्त्रीलाई नेपालमै बोलाएर श्रम सम्झौता गर्ने तयारी गरेको छ।

ओमनका श्रम मन्त्री कहिले आउने टुङ्गो नहुँदा श्रम सम्झौताको मिति नतोकिएको उनले प्रस्ट पारे।सरकारले निःशुल्क ओमन लैजाने गरी श्रम सम्झौता गर्ने तयारी गरेको छ।

‘कति कामदार ओमन लैजाने भन्ने विषयमा निर्णय भइसकेको छैन। सम्झौतापछि कामदारको मागमा भर पर्छ’, उनले भने।

ओमनमा दक्ष र अदक्ष दुवै प्रकारका कामदार जान पाउने छन्। पहिले चरणमा कुनै विशेष कामको लागि नभएर सामान्य कामदारको रुपमा जाने सहसचिव ढुंगानाले जानकारी दिए।तर, घरेलु कामदार भने ओमन जान नपाउने भएका छन्।

Published on: 10 November 2019 | Setopati

Link

Back to list

;