s

श्रीमानलाई विदेश जानबाट रोकिदिन माग गर्दै निवेदन

Year of Publication: 15 November 2019 | Onlinekhabar

Published by: CESLAM

घर सल्लाह नगरी बिदेश जान लागेका श्रीमानलाई एयरपोर्टमै रोकिदिन माग गर्दै एक महिलाले श्रम कार्यायल विराटनगरमा निवेदन दिएकी छन् ।

आफू र तीन वर्षका छोराको बिचल्ली बनाएर वैदेशिक रोजगारीमा जान लागेको भन्दै श्रीमान सर्बेश भनिने सचिन दाहाललाई एयरपोर्टमा रोकिदिन आग्रह गर्दै दिप्ती सिलवालले श्रम कार्यालय विराटनगरमा निवेदन दिएकी हुन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन र इटहरी– ५ की २३ वर्षीया दिप्तीबीच पाँच वर्षअघि प्रेम विवाह भएको थियो । पछिल्लो समय माइत बस्दै आएकी दिप्तीले घरसल्लाह बिना सुटुक्क विदेश जान लागेका श्रीमानलाई रोक्न माग गर्दै उजुरी दिएकी हुन् । सचिव दुबई जाने तयारीमा छन् ।

विवाहपछि काठमाडौंमा कपडा पसल गरेर बसेका दिप्ती र सचिन तीन वषयता यता घरमा बस्दै आएका थिए । तर परिवारबाट घरेलु हिंसा भएपछि महिलाले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयले दुबै पक्षलाई मिलापत्र गराएर पठाएको थियो । तर श्रीमान र परिवारले पुन हेला गरेपछि छोरा सहित सात महिनायता माइतमा बस्दै आएकी दिप्तीले बताइन् ।

दिप्ती र सचिनले काठमाडौंको मित्रनगरमा कपडा पसल सञ्चालन गरेका थिए । पसलका लागि माइती पक्षले १२ लाख सहयोग गरेका थिए । तर केही समय चलाएर पसल ३४ लाखमा बिक्री गरेको दिप्तीले बताइन् । ‘पसल बिक्री गरेपछि ऋण तिरेर बाँकी रहेको भन्दै १८ लाख रुपैयाँ मेरो खातामा आयो,’ दिप्तीले भनिन् ‘पैसा रहुन्जेल उहाँले राम्रै गर्नुभयो, सकिएपछि हेला गर्नुभयो ।’

विदेश जान लागेको पनि आफन्तबाट थाहा पाएर रोकिदिन माग गर्दै श्रम कार्यालयमा आएको उनले बताइन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले महिलाले दिएको उजुरीका आधारमा सचिनलाई विमानस्थलमा रोक्न लिखित पत्र पठाएका छन् ।

Published on: 15 November 2019 | Onlinekhabar

Link

Back to list

;