s

श्रमसम्बन्धी गहन अनुसन्धान गर्न सुझाब

Year of Publication: 26 November 2019 | Naya Patrika

Published by: CESLAM

श्रमिकहरूको संसारभर आवत–जावत बढ्न थालेपछि त्यसबारे गहन रिपोर्टिङ हुनुपर्ने सरोकारवालाले सुझाब दिएका छन् । आप्रवासनका मुद्दा संवेदनशील हुने भएकाले गहन अध्ययन र अनुसन्धान गरी रिपोर्टिङ हुनुपर्ने सरोकारवालाले सुझाब दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आयोजनामा सोमबार भएको कार्यक्रममा श्रम र आप्रवासनको गहन अनुसन्धान हुनुपर्ने सुझाब दिएका हुन् ।

कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिवि प्रमुख प्रा. चिरञ्जीवी खनालले सञ्चारका विभिन्न क्षेत्रहरूलाई पाठ्यक्रममा समेट्ने प्रयास भएको बताए । उनले आवश्यकता पहिचान गरी त्यस्ता विषयवस्तु पाठ्यक्रममै समेट्ने बताए । पत्रकारिता केन्द्रीय विभागका सहप्राध्यापक प्रबलराज पोखरेलले पत्रकारितामार्फत आप्रवासनका मुद्दा सही ढंगले उठाउन आवश्यक रहेको बताए । उनले आप्रवासनले नेपालका हरेक परिवारलाई छोएको र यतिवेला गहन रिपोर्टिङको आवश्यकता भएको बताए ।

आइएलओ नेपालकी नेसनल प्रोजेक्ट कोअर्डिनेटर नेहा चौधरीले श्रमिक र आप्रवासनलाई व्यवस्थित बनाउन मिडियाको महत्वपूर्ण भूमिका हुने बताइन् । गहन रिपोर्टिङले मानिसको सोचाइ परिवर्तन गर्न महत्वर्ण भूमिका हुने बताइन् । उनले आइएलओले अहिले ‘फेयर रिक्रुटमेन्ट’लाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

आप्रवासनसम्बन्धी संसारको सैद्धान्तिक पक्षबारे डा. कुन्दन अर्यालले प्रस्तुतीकरण गरेका थिए । पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्यालले सञ्चारको दायरा फराकिलो बन्दै गएकाले अध्ययन, अनुसन्धान आवश्यक रहेको बताए । उनले नेपालको सन्दर्भमा वैदेशिक रोजगारमा जानैपर्ने अवस्था रहेकाले गहन अध्ययनबाट गरिने रिपोर्टिङले व्यक्ति, समाज र राष्ट्रलाई नै फाइदा पुग्ने बताए ।

Published on: 26 November 2019 | Naya Patrika

Link

Back to list

;