s

श्रम तथा रोजगार विभाग ताहाचलबाट ३ महिलासहित २९ बिचौलिया पक्राउ

Year of Publication: 11 April 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

महानगरीय प्रहरी परिसर काठमाडौंले श्रम तथा रोजगार विभाग ताहाचलबाट ३ महिलासहित २९ जना बिचौलियालाई पक्राउ गरेको छ।
 
बिचौलियाहरूले दश गुणाभन्दा बढी रकम लिएर काम गर्ने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरूले नै बीच मै रोक्ने गरेको गुनासो आएपछि प्रहरी सादा पोशाकमा सेवाग्राहीको रूपमा खटिएका थिए।
 
प्रहरी समेत सेवाग्राही ठानी बिचौलियाले तानातान गरी बार्गेनिङ गरेपछि प्रहरीले ३ महिलासहित २९ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए।
 
बिचौलियालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
Published on: 11 April 2018 | Setopati

Back to list

;