s

श्रम सम्झौता संशोधन गर्न बहराइन सहमत

Year of Publication: 14 November 2019 | Nayapatrika

Published by: CESLAM

नेपाल सरकार र बहराइन सरकारबीच भएको श्रम सम्झौता संशोधन गर्न बहराइन सरकार तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि बहारइनका गैरआवासीय राजदुत अब्दुल रहमान महोम्मद अहमद अल गाउदबीच भएको भेटघाटमा राजदुत गाउदले नेपाली श्रमिकहरूको हकहित र कल्याणका लागि बहराइन सरकार प्रतिवद्ध रहेको बताए ।

राजदुत गाउदले नेपाली श्रमिकले बहराइनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली श्रमिकको प्रशंसा गरेका थिए । नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिवद्ध भएकोले बहराइन सरकारले नेपाली श्रमिककोे संख्या बढाउन चाहेको जानकारी दिए ।

छलफलमा अन्तर्राष्ट्रिय मान्यता अनुरुप द्विपक्षीय श्रम सम्झौता तथा दुई देशबीचको बहुआयामिक सम्बन्ध बिस्तारका लागि पहल गर्न दुवै पक्ष सहमत भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए ।

Published on: 14 November 2019 | Nayapatrika

Link

Back to list

;