s

श्रम मन्त्रालयमा उद्धार कक्ष

Year of Publication: 6 July 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

श्रम मन्त्रालयमा वैदेशिक रोजगार ठगी नियन्त्रण तथा उद्धार सहायता कक्ष स्थापना भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुरका अनुसार सहायता कक्षमा आएका उजुरीलाई वैदेशिक रोजगार विभाग र नेपाली दूतावासमार्फत कार्यान्वयन गरिनेछ । ‘धेरै गुनासा आइरहेका छन् । त्यसलाई छिटो कार्यान्वयन गर्न मन्त्रीकै प्रत्यक्ष निगरानीमा काम अगाडि बढ्छ,’ सहायता कक्षको उद्घाटन गर्दै उनले भने, ‘जिम्मेवार निकायका संयन्त्र सक्रिय बनाइनेछ ।’ मन्त्री मन्सुरले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रम स्वीकृति व्यवस्था मिलाइएको बताए । 

दीक्षान्तमा नेपाली विद्यार्थी सम्मानित
चीनकै उत्कृष्ट मानिएको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस (युकास) बाट सन् २०१७ मा पीएचडी गरेका विद्यार्थीको बुधबार दीक्षान्त समारोह भयो । बेइजिङको युछानलुमा रहेको युकासको मुख्यालयमा आयोजित दीक्षान्त समारोहमा १० उत्कृष्ट विदेशी विद्यार्थीमा परेका नेपाली विद्यार्थीले सम्मानपत्र र अवार्ड प्राप्त गरे ।

एमाले नेता–स्याडो भेट

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेलायतको प्रमुख प्रतिपक्ष पार्टी लेबरका स्याडो चान्सलर जोन म्याकडोनेलसँग भेटवार्ता गरेका छन् । पार्टीनिकट प्रवासी नेपाली मञ्च बेलायतको चौथो अधिवेशनका क्रममा हाल बेलायत भ्रमणमा रहेका सचिव भट्टराई, पोलिटब्युरो सदस्य विजय पौडेल, मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीसहितको टोलीले म्याकडोनेलसँग मंगलबार बेलायती संसद् भवनमा भेट गरेको हो । द्विपक्षीय वार्ताका क्रममा नेताहरूबीच नेपालमा जारी स्थानीय निर्वाचन, वर्तमान राजनीतिलगायत विषयमा छलफल भएको थियो । 

Published on: 6 July 2017 | Kantipur

Back to list

;