s

सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न रुस तयार: परराष्ट्रमन्त्री

Year of Publication: 19 March 2024 | Nagarik

Published by: CESLAM

रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले रूसी सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको बताएका हुन्।

उनले भने, रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ। तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ। युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ। उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।

Published on: 19 March 2024 | Nagarik

Link

Back to list

;