s

सर्बिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

Year of Publication: 11 September 2023 | Naya Patrika

Published by: CESLAM

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने धादिङ ज्वालामुखी–१ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले बलराम थापामगरसहित तीन जनालाई सर्बिया पठाउने भन्दै ठगी गरेका थिए । लामिछानेलाई प्रहरीले काठमाडौं महानगर–३१, मीनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको जनाइएको छ ।

Published on: 11 September 2023 | Naya Patrika

Link

Back to list

;