s

साउदीमा रोजगारीमा रहेका नेपालीको समस्या समाधान गरिदिन गृहमन्त्रीको आग्रह

Year of Publication: 28 December 2019 | Kantipur

Published by: CESLAM

गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधान गरिदिन साउदी अरेबियालाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बुधबार मन्त्रालयमा आएका साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम अल मारवानीसँग मन्त्री थापाले ठुलो संख्यामा रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन ।

अहिले अरेबियामा तीन लाख बढि नेपाली वैदेशिक रोजगारीमा छन् ।राजदूत मारवानीले साउदीमा रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको बताएका गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।

मन्त्री थापाले गत वर्ष हजमा जाने हाजीहरुको संख्या ३ सय थप गरिदिएकोमा साउदी सरकारलाई धन्यवाद दिए । जवाफमा राजदूत मारवानीले हजमा जानेहरुको संख्या अझै बढाउन आफुले पहल गर्ने बताएका थिए ।

भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

Published on: 28 December 2019 | Kantipur

Link

Back to list

;