s

साउदी प्रहरीद्वारा ब्लडमनी मिनाहा गर्न अनुरोध

Year of Publication: 26 September 2016 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

नेपाली कामदार भीमबहादुर दाहालको ९० लाख रुपैयाँ (तीन लाख रियाल) ब्लडमनी तिर्न सक्ने हैसियत नभएको भन्दै मिनाहा गर्न साउदी प्रहरीले स्थानीय अदालतलाई अनुरोध गरेको छ । 
 
बेलबारी–८ मोरङका दाहाललाई अदालतले एक साउदी नागरिकको हत्यासम्बन्धी मुद्दामा ९० लाख रुपैयाँ ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । साउदी नागरिकको परिवार सवार गाडीलाई दाहालको गाडीले ठक्कर दिँदा एक साउदी नागरिकको ज्यान जानुका साथै अरू घाइते भएका थिए । त्यस गाडीमा ८ जना थिए । अदालतले दाहाललाई दोषी देखाउँदै पीडित पक्षलाई ब्लडमनी दिनुका साथै गाडी मर्मत गर्न १७ हजार रियाल बुझाउन आदेश दिएको थियो । 
 
ब्लडमनी बुझाउन नसक्दा दाहाल चार वर्षदेखि रियादस्थित जेलमा छन् । ‘प्रहरीले दाहालको नेपालमा भएको घरजग्गा बेच्दा पनि उक्त रकम जुटाउन नसक्ने भन्दै मिनाह गर्न अदालतलाई अनुरोध गरेको छ,’ जेल भ्रमण गरेका नेपाली दूतावासका द्वितीय सचिव विजय राउतले कान्तिपुरलाई भने, ‘यसमा अदालतले पुनर्विचार गरेपछि अर्को फैसला आउनेछ ।’
 
दाहालले पनि यति धेरै ब्लडमनी तिर्न सक्ने हैसियत नभएको भन्दै अदालतमा बयान दिएका थिए । सडक दुर्घटनामा ड्राइभरको गल्ती देखिए क्षतिपूर्ति ड्राइभरबाटै भराउने चलन छ । दूतावासले उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यही जेलमा झापाका मदन राई र मोरङ विराटचोकका श्रेष्ठ थरका अर्का व्यक्ति पनि छन् ।
 
श्रेष्ठले ट्राफिक प्रहरीले जाँच्दा आइडी कार्ड दिनेक्रममा साथमा एक सय रियाल पनि पर्न जाँदा प्रहरीले घूस दिन खोजेको भन्दै मुद्दा चलाएको थियो । उनले चलाएको गाडीले यमनी सवार कारमा ठक्कर दिँदा एकको मृत्यु भएको थियो । अदालतले तोकेको १० हजार रियाल जरिवाना तिर्न नसक्दा उनी जेल परेका हुन् ।
 
Published on: 26 September 2016 | Kantipur

Back to list

;