s

साउदी जाने नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

Year of Publication: 7 July 2021 | Setopati

Published by: CESLAM

रोजगारीका लागि साउदी जाने नेपालीहरुको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने सहमति भएको छ।

साउदी श्रम प्रणालीले समेट्ने श्रमिकहरुको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले र घरेलु श्रमिकको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले बेहोर्ने व्यवस्था भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

साउदी सरकारले गत २० मे २०२१ पछि साउदी प्रवेश गर्ने कोभिड खोपको पुरा मात्रा नलगाएका आप्रवासीहरुलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो।

क्वारेन्टिन शुल्क हवाई भाडा बुझाउँदा नै बुझाउनु पर्ने व्यवस्था थियो। सो व्यवस्थाले आप्रवासीलाई क्वारेन्टिनबापत एक हजार अमेरिकी डलरसम्म भार थपिएको थियो। 

त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिकहरु परेका थिए।

Published on: 7 July 2021 | Setopati

Link

Back to list

;