s

साउदीबाट २१ नेपालीको उद्वार

Year of Publication: 25 June 2018 | Kantipur

Publication Type: NEWS

Published by: होम कार्की

होम कार्की

साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको छ। आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान परेका कारण उनीहरू लामो समयदेखि डिपोर्टेसनमै बस्न बाध्य थिए ।

उपनियोग प्रमुख आनन्दराज शर्माका अनुसार दूतावासले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई स्वदेश पठाएको हो । ‘उनीहरूलाई साउदी सरकारबाटै टिकटको व्यवस्था मिलाइएको हो,’ शर्माले भने, ‘फर्केकाले एक महिनाभन्दा बढी जेल बस्नुपरेको थियो ।’
 
नेपालमा म्यानपावरसँगको करारअनुसार सेवासुविधा नपाएपछि अधिकांश नेपाली कम्पनी परिवर्तन गरेर गैरकानुनी हैसियतमा बस्ने गरेका छन् । साउदी प्रहरीले गैरकानुनी हैसियतमा बसिरहेको फेला पारेपछि कानुनी कारबाहीका लागि डिपोर्टेसनमा राखेको थियो ।
 
दूतावासका अनुसार उद्धार भएकामा डम्बरकुमार कटुवाल, इर्साद मियाँ, विवराम तामाङ, सुख कामी, सन्तोष पाण्डे, देव अधिकारी, सुशील मानन्धर, गणेश तामाङ, सुवास तामाङ, रोशन भुजेल, अख्तर नदाफ, दानबहादुर बोगटी, नुरुलाह शेख, सलाउद्दिन मियाँ, महेश बोलान, भीमेश्वर राजवंशी, मन्सुर नदाफ, क्षत्र रिजाल, प्रेम स्याङ्तान, नर बुढा र टीकाराम कार्की छन् ।
 
डिपोर्टमा परेका नेपाली पुन: साउदी जान पाउँदैनन् । ‘साउदीमा कामदार कम्पनी छाडेर भाग्ने ठूलो समस्या छ,’ उनले भने, ‘त्यसरी भागिसकेपछि कानुनी अधिकारबाट समेत वञ्चित हुनुपर्छ ।’ कतिपय नेपाली कामदारलाई कम्पनीले आवासीय अनुमतिका लागि भिसासमेत लगाइदिने गरेको छैन । कम्पनीले भिसा नलगाइदिँदा प्रहरीले कामदारलाई नै पक्राउ गरी जेल पठाउने गरेको छ ।
 
Published on: 25 June 2018 | Kantipur

Back to list

;