s

साउदी अरेबियामा कोरोनाले ५२ नेपालीको मृत्यु

Year of Publication: 10 September 2020 | Annapurna Post

Published by: CESLAM

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् । साउदीस्थित नेपाली राजदुत महामहिम डा. महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो। कोरोनाबाट संक्रमित भएका नेपालीहरू उल्लेख्यनीय रूपमा निको भएको उनले बताए।

हालको तथ्याङअनुसार साउदीमा ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन। दुतावास रियाद र बाणिज्य दुतावास जेद्धाले स्रोत साधनले भ्याएसम्म साउदीमा कार्यरत नेपालीलाई कोरोना भाइरस सम्बन्धि सरकारको दिएको निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसबाट हालसम्म साउदीमा ३ लाख २३ हजार १२ जना संक्रमित हुनुको साथै २ लाख ९८ हजार ९ सय ६६ जना निको भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृत्यु भएको छ। संक्रमितसँगै निको हुने औषत दर ९२ प्रतिशत रहेको छ।

साउदी अरेबियामा कार्यरत नेपाली कोरोना भाइरसको संक्रमणसँगै समस्यामा परेका छन्। कोरोनाको प्रभावले कतिपय कम्पनी बन्द रहेकाले रोजगार गुमाउनु परेको , करार अवधि सकिएर समयमा नै स्वदेश फिर्ता हुनबाट रोकिएको, दुतावासले तोकिएका उडानको तालिका अनुसार टिकट नै नपाएको, निश्चित ट्राभल एजेन्सीले समयमा व्यवस्थापन नगरेको र साबिक हवाई टिकटको मुल्यभन्दा बढी रकम तिर्नु परेको, हवाई टिकटको लागि रकम डिपोजिट गरेर नेपालमा सम्वन्धित व्यक्ति वा ट्राभल एजेन्सीलाई पठाउनु पर्ने समस्याले स्वदेश फिर्ताको लागी तयार रहेका नेपाली निरास भएका छन्। दुतावासले स्रोत साधनले भ्याएसम्म कठिन समयमा व्यवस्थापन को लागी सम्बन्धीत निकाय र सरकारको ध्यानाकर्षण गरेको जानकारी दिएको छ।

Published on: 10 September 2020 | Annapurna Post

Link

Back to list

;