s

साढे १२ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गर्ने

Year of Publication: 27 February 2023 | Kantipur

Published by: CESLAM

काठमाडौँ — नेपाल राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याज दिनेगरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीले यस्तो बचतपत्र खरिद गर्न सक्नछन् । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा पनि खरिद गर्न सकिनेछ ।

राष्ट्र बैंकले कुल ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्रि गर्न लागिएको जनाएको छ । यसमा लगानी गर्नेले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्नुपर्छ । लगानीवापतको ब्याज ६–६ महिनामा पाइनेछ । आफूले इच्छाएको व्यक्तिमार्फत पनि ब्याज लिन सकिनेछ । फागुन १४ देखि चैत ३ गतेसम्म आवेदन खुल्नेछ । यसको साँवा रकम २०८४ चैत १० गते मात्रै फिर्ता हुनेछ । यस्तो बचतपत्र खरिद गर्न राष्ट्र बैंकको वेबसाइटमा रहेको 'मोनेटरी म्यानेजमेन्ट'भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

Published on: 27 February 2023 | Kantipur

Link

Back to list

;