s

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

Year of Publication: 21 December 2023 | Setopati

Published by: CESLAM

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।

रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन:अनुरोध गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्।

‘बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ,’ मन्त्रालयले भनेको छ।

Published on: 21 December 2023 | Setopati

Link

Back to list

;