s

रोजगारीका लागि साउदी आएका स्याङ्जाका टुकबहादुर बेपत्ता

Year of Publication: 17 August 2023 | Annapurna Post

Published by: CESLAM

साउदी: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका स्याङ्जाको पुतलीबजार-४ का टुकबहादुर घर्ती विगत २ वर्षदेखि सम्पर्कविहीन छन्।

उनी साउदीको इसा रसिद अलवादेन क्याटरिङ नामक कम्पनीमा लेवरको काम गर्नका लागि २०१६ अक्टोबरमा साउदी अरेबिया पुगेका थिए। साउदी पुगेको तीन महिनापछि उनी परिवारसँग सम्पर्कविहीन भएका थिए।

हालसम्म पनि उनी सम्पर्कमा नआएको परिवारले बताएका छन्। सम्पर्कविहीन भएका घर्तीको खोजीका लागि सहयोग गरिदिन स्याङ्जा समाज साउदीले विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेको छ।

Published on: 17 August 2023 | Annapurna Post

Link

Back to list

;