s

रोजगारीका लागि डेनमार्क आएकाले आफ्ना हकबारे जानकारी लिए

Year of Publication: 26 March 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

प्रकाश सापकोटा

‘तपाईँले कामदारको रुपमा रोजगारदातासँग गरेको सम्झौता अनुरुप तलब पाउँदा सन्तुष्ट त हुनुहोला। तर, तपाईँले पाएको तलब सही हो भनेर अझै ग्यारेन्टी छैन। रोजगारदाताले तपाईँलाई दिनुपर्नेभन्दा कम तलब दिएको हुनसक्छ,’ डेनमार्कको एक ठूलो कर्मचारी युनियन ‘थ्री एफ’ को राष्ट्रिय नीति सल्लाहकार एन्थोनी सिल्भेस्तरले उदाहरण दिँदै प्रष्ट्याए। सहभागीहरुका कान ठा-ठाडा भैहाले।

सिल्भेस्तरले थपे- “प्रति घन्टा १ सय ४६ क्रोनारका दरले दिनुपर्ने ज्यालामा यदि कुनै रोजगारदाताले १ सय १० का दरले दियो, कामदार दिएकै दरमा काम गर्न तयार भयो तर उसले प्रतिघन्टा गुमाएको ३६ क्रोनार दिन, महिना र वर्षमा हिसाब गर्ने हो भने सानो रकम होइन; र त्यो कामदारको पाउने हक हो।”
 
कामदारको दायित्व रोजगारदाताले सुम्पेको काम गर्ने र तलब थाप्ने मात्र हो कि अरुथोक पनि केहि हो भन्नेबारे  जानकारी दिन डेनमार्कको राजधानी कोपन्हेगनमा हालै एउटा जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आफ्नो प्रस्तुति दिई सकेपछि सिल्भेस्तरले झन्डै एक घण्टा सहभागीका जिज्ञासाहरुको जवाफ पनि दिए।
 
गैर आवासीय नेपाली संघ डेनमार्कले ‘थ्री एफ’संग मिलेर गरेको कार्यक्रममा थुप्रै नेपालीले जानकारी लिए। कार्यक्रममा कामदारले कामप्रतिको उत्तरदायित्वका अलावा आफ्ना हकका बारेमा पनि सचेत हुनुपर्नेमा जोड दिए। बिशेष गरेर फरक देश, परिवेश र संस्कारबाट आउने प्रवासी कामदारलाई कतिपय हक र रोजगारी सुरक्षाका विषयमा ज्ञान नहुने हुनाले कर्मचारी युनियनमा आबद्ध हुनुपर्ने उनले सुझाए।
 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कका अध्यक्ष यमलाल सुबेदीले कार्यक्रमको औचित्यबारे प्रकश पारे। कार्यक्रमका प्रमुख अतिथि डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले सडक बढार्ने कुचिकार्ले चलाउने कुचो र चित्रकारले चलाउने कुची उस्तै हो भन्ने स्मरण गराउंदै कामको दर्जा निर्धारण गरेर ठुलो, सानो छुट्ट्याउन नहुने बताउनु भयो। ‘आफ्नो काममा इमान्दारिता प्रदर्शन गर्नुहोस, मेहेनत गर्नुहोस, संगसंगै हकबारे पनि सचेत हुनुहोस।” काम कर्तव्य र अधिकारप्रति सचेत हुँदै आफ्नो मातृभूमिप्रतिको उत्तरदायित्त्व पनि नभुल्न सुझाव दिनुभयो।
 
संघका महासचिव सुमन थापाले कार्यक्रमको सहजीकरण गर्दै सो उपयोगी कार्यक्रम नेपालीमाझ ल्याउन भूमिका खेल्ने डेनमार्कका नेपाली राजनीतिज्ञ एवं समाजसेवी हरि न्यौपाने, थ्री एफ र त्यसका नेसनल पोलिसी एड्भाइजर सिल्भेस्तर लगायत सम्बन्धित सबैमा कृतज्ञता जाहेर गरे। निकट भविष्यमा नेपाली समुदायका लाग उपयोगी अरु कार्यक्रम ल्याउने तयारी पनि भैरहेको थापाले जानकारी दिए।
 
Published on: 26 March 2018 | Setopati

Back to list

;