s

रोजगारी खुला भएपछि मलेसिया जान ८०३ जनाले लिए श्रम स्वीकृती

Year of Publication: 25 September 2019 | Setopati

Published by: CESLAM

बैदेशिक रोजगारीका लागि मलेसिया खुलेपछि ८ सय ३ जनाले श्रम स्वीकृती लिएका छन् । डेढ वर्ष बन्द रहेको मलेसिया रोजगारी भदौ २६ बाट खुलेको थियो।

मलेसिया जना भिसा पाउनेमा सबै श्रमिक पुरुष रहेको वैदेशिक रोजगार विभाग ताहाचल शाखाका प्रमुख देवेन्द्र कार्कीले बताए ।

मलेसियाले कलिङ भिसा खुलाएदेखि भने १३ हजार ३ सयले श्रम स्वीकृति लिएका छन् । मलेसिया बन्द भएको १० महिना पछि गत चैतमा कलिङ भिसा खुला गरेको थियो ।

कलिङ भिसा खुल्ला गरेपछि अघिल्लो वर्ष जेठसम्ममा कलिङ भिसा पाएका श्रमिकलाई बैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन थालेको थियो । मलेसियाली दुतावासबाट कलिङ भिसा स्वीकृत गराउने जिम्मेबारी लिएपछि विभागले श्रम स्वीकृति दिएको हो ।

मलेसिया र नेपाल सरकारका प्रतिनिधी बीच गत भदौ २४ र २५ गते मलेसियाको पुत्रयामा भएको छलफल पछि कामदार लैजाने विषयमा सम्झौता भएको थियो ।नयाँ सम्झौता अनुसार अब रोजगारीका लागि मलेसिया जाने कामदारले कुनै पनि भिसा शुल्क तिर्नु पर्दैन ।

Published: 25 September 2019 | Setopati

Back to list

;