s

रोजगारी गुमेपछि बहराइनबाट फर्किए १४६ नेपाली

Year of Publication: 13 September 2020 | Nagarik

Published by: CESLAM

विश्वभर फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण बहराइनमा समस्या भोगिरहेका १ सय ४६ नेपालीलाई त्यहाँस्थित राजदूतावासले विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ। कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश ल्याइएको हो।

यस्तै बिदामा बहराइनबाट नेपाल आएका र कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएर रोकिएका र पुनः रोजगारीमा बहाल हुन इच्छुक १ सय ४५ नेपालीलाई बहराइन नै फर्काएको छ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘हाम्रो साथ आमाको काख’ अभियानको सहयोगमा उहाँहरू बहराइन फर्किनुभएको हो।’

उनका अनुसार कोरोना महामारी सुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्ट बन्द भए, १ हजार ३ सय नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौं।’

उनका अनुसार छुट्टीमा नेपाल फर्किएका ९ सय २७ जनामध्ये १४५ पुनः रोजगारीमै बहराइन फर्किएका हुन्। यस्तै नेपाल फर्किन चाहने ३ सय नेपालीमध्ये गत बिहीबार १४६ फर्किएका हुन्। बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासले बताए।

उनले भने, ‘अझै धेरै नेपाल जाने तयारीमा छन्। छिट्टै पठाउँछौँ। त्यहाँ कोही पनि नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन। दूतावासको सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानबस्नको व्यवस्था गरेका छौँ।’

Published on: 13 September 2020 | Nagarik

Link

Back to list

;