s

रेमिट्यान्स खातामा थप ब्याज

Year of Publication: 28 June 2023 | Gorkhapatra

Published by: CESLAM

काठमाडौँ, असार १३ गते । बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैङ्कले सार्वजनिक अपिल गरेको छ ।

वित्तीय चेतनाका लागि भन्दै राष्ट्र बैङ्कले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गरी पुँजी निर्माणको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

रेमिट्यान्स रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउनुका साथै आफूले दुःखले आर्जेको रकम योजनाबद्ध रूपले बचत गर्ने गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

Published on: 28 June 2023 | Gorkhapatra

Link

Back to list

;