s

रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत, ११ महिनामा सवा १३ खर्ब भित्रियो

Year of Publication: 11 July 2024 | Kantipur

Published by: CESLAM

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।

Published on: 11 July 2024 | Kantipur

Link

Back to list

;