s

रानाको व्लड मनीका लागि रकम संकलन अभियान

Year of Publication: 7 April 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै जाँदा समस्या पनि थपिदै गएका छन् । करार अनुसार काम र तलव नपाएका वा करार अवधि सकिएपछि एक्जिट पर्मिट नदिईएका नेपालीहरुको स्वदेश आगमन पछिल्ला दिनमा पेचिलो बन्दै गएको छ । बिभिन्न कारणले जेल पर्नेर जेलबाट छुट्न सामर्थ भन्दा बढी ब्लडमनि चाहिने भएपनि वैदेशिक रोजगार केही नेपालीका लागि नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भन्ने पुरानो नेपाली उखान सरह भएको छ । यस्तै मध्येका एक हुन्, विगत ७ महिनादेखि साउदीमा जेल जीवन बिताइरहेका गोरखा बोर्लाङका कुमार राना मगर । उनको जीवन रक्षाको लागि ब्लड मनी डोनेशन अभियान–२०१८ शुरु गरिएको छ ।
 
हालै राजधानीमा एक कार्यक्रम गरी राना मगरको जीवन रक्षाको लागि ब्लडमनि संकलन अभियानले सबैसँग सहयोगका लागि आग्रह गरेको छ । रानाकी श्रीमती अम्बिका रानामगरले साउदीमा जेल जीवन बिताइरहेका आफ्ना पति रानाको उद्धारमा साथ दिन अनुनय विनय गरिन् । विगत ६ वर्षदेखि वैदेशिक रोजगारमा गएका उनका पति रानामगर गत असोज १० गतेदेखी साउदीमा जेल परेका हुन् । गत वर्ष चैत्र १२ गते रानाले रोकी राखेको गाडिमा पछाडिबाट आएको गाडिले ठक्कर दिएको केशमा उनलाई विभिन्न कागजमा सही गर्न लगाएर फसाई जेल हालिएको छ । पाँच महिना बितिसक्दा पनि कतैबाट उद्दारको पहल नभएकोमा आफूहरु अत्यन्तै निराश भएको भन्दै नेपालीको बाध्यतामाथि बिडम्बना आइलागेको बताइन् ।
 
उनले अघि थपिन्,‘अब मेरो लागि मेरो प्राण मेरो सिउँदोलाई पाउन, तीन वटा छोरी–छोरीले वात्सल्य भेट्न र आमा–बाबाको बुढेसकालको भरोसाको छोरो पाउन साउदीबाट पठाएको पैसाले नै जेनतेन बाँच्दै आएका हाम्रा लागि यहाँहरु समक्ष सहयोगको याचना गर्नुबाहेक अर्को बाटो रहेन ।’
 
कम्पनीका मालिकले घाइते साउदी नागरिकसँगको मिलापत्र कागजको नाममा हस्ताक्षर गर्न लगाएर रानालाई फसाइएको उनको भनाइ छ । पीडित परिवारले नक्कली कागज बनाएर आफ्नो मान्छेलाई फसाइएको भन्दै जेल जीवन बिताइरहेका कुमार रानामगरलाई तत्काल उद्दार गर्न सरकारसँग माग समेत माग गरेको छ ।
 
उनलाई उद्दार गर्नको लागि नेपाली करिव ८३ लाख रुपैयाँ लाग्ने बताइएको छ । परिवारले आफूहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको बताएको छ ।
 
रानाको जीवन रक्षाको लागि सहयोग गर्न चाहनेहरुका लागि प्रभु बैंक कलंकी शाखा काठमाडौंमा खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा बैंक खाता सञ्चालनमा ल्याइएको छ ।
 
Published on: 7 April 2018 | Madhyanha

Back to list

;