s

राम्रो जागिर पाउन चिनियाँ राहदानी खरिद

Year of Publication: 4 October 2018 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

शम्भु कट्टेल
समाज

५ नेपाली टर्कीमा पक्राउ

राम्रो काम पाउने लोभमा नेपालीहरूले विदेशी मुलुकका नक्कली राहदानी खरिद गर्न थालेका छन्। नेपाली राहदानी वाहकले राम्रो काम र आकर्षक तलब नपाउने भएपछि चिनियाँ राहदानी किनेको घटना सार्वजनिक भएको छ। नेपाली नागरिकले जागिर पाउन अर्को मुलुकको नक्कली राहदानी खरिद गरेपछि ५ जना पक्राउ परेका छन्। यस्तो घटना सम्भवतः पहिलो हो। राम्रो काम खोज्न इजिप्ट पुगेका ५ नेपालीलाई चिनियाँ नक्कली राहदानी खरिद गरेको आरोपमा टर्की प्रहरीले पक्राउ गरेको हो ।

तिनलाई फिर्ता(इन्ट्री रिफ्युज) गरेपछि घटना सार्वजनिक भएको थियो। उनीहरूले चिनिया एजेन्टको लहलहैमा लागेर राम्रो काम पाउने लोभमा चिनिया राहदानी खरिद गरेका हुन। पक्राउ पर्नेहरूमा दोलखाका तेञ्जी शेर्पा र पासाङ शेर्पा लामा, मनाङका सिंहराज गुरुङ, उदयपुरका छोसेङ बाइवा लामा र मुस्ताङका वाङग्याल गुरुङ रहेका छन। पक्राउ पर्नुको एउटै कारण थियो, उनीहरूसँग भएको नक्कली चिनिया राहदानी। पाचै जनाको मंगोलियन अनुहार भएकाले चिनिया नागरिक जस्तै देखिने भएकाले उनीहरूले चिनिया राहदानी खरिद गर्ने निर्णय गरेका थिए ।

झट्ट हेर्दा तिव्वती जस्ता देखिने उनीहरू बयानका क्रममा नेपाली नागरिक नै भएको खुलेको थियो। चिनिया राहदानी खरिद गरेकाले उनीहरू तिव्वती नागरिक भएको आशंका गरिएको थियो। उनीहरू अहिले अध्यामगन विभागको हिरासतमा छन। नेपाली राहदानीमा राम्रो काम नपाउने भएपछि आफुहरूले चिनिया एजेन्टको सहयोगमा चिनिया राहदानी खरिद गरेको उनीहरूले प्रारम्भीक बयान दिएका छन। अध्यामगन विभागका मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले बयानका क्रममा उनीहरूले राम्रो काम पाउन लागि चिनिया राहदानी खरिद गरेको स्विकारेको बताए।

उनीहरू घुम्नका लागि तीन महिने भिजिट भिसामा इजिप्टको राजधानी कायारो पुगेका थिए। घुम्न गएको भने पनि इजिप्टमै राम्रो काम गर्ने र सेटल हुने उनीहरूको मुख्य उदेश्य थियो। तर उनीहरूको उदेश्य सफल भएन। वरु पक्राउ परे। भिजिट भिसामा कडाइ गरिरहेका बेला उनीहरू कसरी टर्की हुँदै इजिप्ट पुगे,रहस्यमय बनेको छ। अर्को आश्चार्य त के छ भने भिजिट भिसामा कडाइ गरेको वताए पनि त्रिवि अध्यागमनले उनीहरूलाई सजिलै प्रस्थान अनुमति दिनु। भिजिट भिसामा प्रस्थान अनुमति दिइनुले त्रिवि अध्यगमनका कर्मचारीको भुमिका माथी समेत प्रश्न उठेको छ ।

प्रोफाइल अध्ययान नगरी जो कोहीलाई भिजिट भिसामा प्रस्थान नदिनु भन्ने गृह मन्त्रालयको पुरानै निर्देशन छ। उनीहरूकै हैसियतका भिजिट भिसामा जान खोज्ने सयौलाई अध्यागमनले फर्काएका उदाहरणहरू छन। तर किन ती ५ जनालाई भिजिट भिसामा अध्यामगनले प्रस्थान अनुमति दियो, अनुसन्धानको विषय बनेको छ। उनीहरूलाई प्रस्थान अनुमति दिइदा त्रिवि अध्यागमनमा कतै आर्थिक सेटिङ भएको त होइन भन्ने प्रश्न समेत उठेको छ। त्रिवि अध्यागमन कार्यालयका प्रमुख राजेश पौडेलले खाडी मुलक भन्दा बाहिर जाने यात्रुलाई भिजिट भिसामा कडाइ नगरिएको वताए ।‘ 

श्रम छली गरी जानेहरूका लागि मात्र भिजिट भिसामा कडाइ गरिएको हो, पौडेलले अन्नपुर्णसँग भने,‘गल्फ कन्ट्री बाहेक अन्य मुलक जाने यात्रूसँग आवश्यक कागजपत्र छ भने भिजिट भिसामा रोक्दैनौ ।’ उनले ती ५ जनाले सवै प्रक्रिया पुरा गरी इजिप्ट गएको दावी गरे। इजिप्टको राजधानी कायारोमा एक साता घुमे। काम समेत खोजे। तर राम्रो काम पाएनन ।

काम खोज्ने क्रममा उनीहरूले एक जना चिनिया एजेन्टसँग भेटे र काम खोजिदिन आग्रह गरे। तर चिनिया एजेन्टले त्यहाँका कम्पनीहरूले नेपालीहरूलाई राम्रो काम र दाम दुवै नदिने वताएर खिन्न बनाए। एकै छिनमा ती चिनिया एजेन्टले राम्रो काम र दाम दुवै पाउने उपाय समेत सिकाए, त्यो थियो चिनिया राहदानी खरिद गर्ने। चिनिया राहदानी खरिद गरे इजिप्ट र टर्की दुवै मुलुकमा सजिलै काम पाउने उनले सुझाए ।

चिनिया एजेन्टको योजनामा एक मत हुँदै प्रत्येकले ५/५ सय अमेरिकी डलरमा नक्कली चिनिया राहदानी खरिद गरे। चिनिया राहदानी खरिद गर्नुको एउटै उदेश्य थियो, गतिलो काम र सोही अनुशारको पैसा पाउने। ती एजेन्टले चिनिया नागरिकलाई इजिप्ट र टर्कीमा राम्रो काम पाउने भएको भन्दै पाँच नेपालीलाइ समेत चिनिया राहदानी खरिद गराएका थिए ।चिनिया एजेन्टले इजिप्टमा भन्दा चिनिया नागरिकलाई टर्कीमा हाइ पे(धेरै पैसा दिने) हुने भएकाले इस्तानबुल जान सुझाव दिए।

चिनिया एजेन्टकै सुझाव अनुशार उनीहरू टर्कीका लागि उडे। टर्की अध्यागमनले चिनिया राहदानी नक्कली भएको र उनीहरूको यात्रा समेत शंकास्पद भएको भन्दै त्यही रोक्यो। धेरैवेरको सोधपुछ पछि उनीहरूले आफुहरू नेपाली भएको र उक्त चिनिया राहदानी इजिप्टमा किनेको वताए। टर्की अध्यागमनले लगत्तै उनीहरूलाई नेपाल फिर्ता ग¥यो। सोमवार विहान टर्कीस एयरबाट काठमाडौ आएका उनीहरूलाइ त्रिवि अध्यागमनले पक्राउ गरी थप अनुसन्धानका लागि कालिकास्थान स्थित अध्यागमन विभागमा बुझाएको थियो ।

Published on: 4 October 2018 | Annapurna Post

Back to list

;