s

कतारमा १२ सय रियाल तलब पुर्यानउन सिफारिस

Year of Publication: 14 August 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

कतार आउने कामदारको तलब कम भएको भन्दै यहाँको नेपाली दुताबासले बृद्धि गर्ने निर्णय गरेको छ । कतार नेपाली कामदारको प्रमुख गन्तब्य हो । दुताबासले कामदारको न्युनतम तलबमान ५० प्रतिशत बृद्धि गर्ने निर्णय गरी लागु गराउन श्रम मन्त्रालयलाई सिफारिस गरेको छ । दुताबासले न्युनतम तलब ९ सय र खाना बापत ३ सय गरी १२ सय रियाल तोक्न श्रम मन्त्रालयलाई सिफारीस गरेको हो । सरकारले करिब तीन बर्षअघि पहिलो पटक कतारका लागि छुट्टै तलबमान तोकेको थियो । दुताबासले उच्च दक्ष कामदारका हकमा १० प्रतिशत बढाउन सिफारीस गरेको छ ।

कतारमा काम गर्न आउने कामदारको हाल न्युनतम पारिश्रमिक ६ सय रियाल हो । त्यसमा खानाबापत २ सय गरी आठ सय रियाल भएपछि मात्रै बैदेशीक रोजगार बिभागले श्रमस्वीकृति दिने गरेको छ । 'दुताबासको निर्णयानुसार सरकारलाई कामदारको न्युनतम तलब १२ सय पुर्या्उन सिफारीस गरेका छौं', राजदुत मायाकुमारी शर्माले भनिन्, 'अब यसभन्दा कममा ल्याउन उपयुक्त छैन ।' दुताबासले गरेको तलबमानको सिफारीस श्रममन्त्रीस्तरबाट निर्णय गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ । 'कतारमा निकै महूगी बढेको छ, हालको तलबमानले कामदारलाई बचत गर्न निकै ठुलो समस्या छ', उनले भनिन् ।
दुताबासले सरकारलाई छिट्टै निर्णय गरी कार्यान्वयन गर्न अनुरोध गरेको छ । दुताबासहरुबाट कामदारको तलब तोक्न सिफारीस हुने गरे पनि श्रम मन्त्रालयले निकै ढिलासुस्ती गदै आएको छ । साउदीले सिफारीस गरेको आठ महिनापछि मात्रै निर्णय भएको थियो । तीन बर्षअघि कतार दुताबासले पठाएको सिफारीसलाई निर्णय गर्न ढिला गरेपछि सन् २०१० जनवारी १ बाट तत्कालीन राजदुत सुर्यनाथ मिश्रले ८ सय रियाल दिने कम्पनीलाई मात्रै कामदार ल्याउन मागपत्र प्रमाणीकरण गरेको थियो ।
 
Published on: 14 August 2012 | Kantipur

Back to list

;