s

कतारमा नेपाली युवाको मृत्यु: अस्पतालमा पैसा बुझाउन नसक्दा शव ल्याउन समस्या

Year of Publication: 18 July 2024 | Nagarik

Published by: CESLAM

कतारमा अस्पतालमा पैसा बुझाउन नसक्दा इटहरीका एक युवाको शव ल्याउन समस्या भएको छ। झन्डै तीन लाख रुपैयाँ अस्पतालमा बुझाउन नसक्दा इटहरी वडा नं. २ का २७ वर्षे आशिष दाहालको शव ल्याउन समस्या भएको भएको हो। असार ९ गते मृत्यु भएका उनको शव नेपाल ल्याउने प्रक्रियाबारे आफन्त अझै अन्योलमा छन्।

तीन वर्षअघि कतार गएका दाहालको कतार दोहाको अदान हस्पिटलमा शव राखिएको छ । शव अस्पतालबाट ल्याउन आफन्त पैसाको जोहो गर्न जुटेको मृतक आशिषका बाबु खगेन्द्रले बताए । खगेन्द्रका अनुसार आशिषको मृत्यु भएको खबर पाएको पाँच दिनमात्र भएको छ । आशिषको के कारणले निधन भएको खुल्न नसकेको बुवा खगेन्द्रको भनाइ छ।

‘ छोराका साथी विमल तामाङ र आफन्त बहिनी राधा ढकालले त्यहाँ (कतार) मा रहेका साथीहरुसँग मिलेर केही पैसा संकलन गर्ने वचन त दिएका छन तर पाँच दिन विति सक्दा पनि केही टुंगो लागेन,’ खगेन्द्रले भने, ‘अब हामी आफन्त मिलेर पैसाको जोहो गर्न थालेका छौं ।’ उनले आशिष कतार जाँदा ऋण गरेको दुई लाख ५० हजार रुपैयाँ अहिलेसम्म तिरि नसकेको र उनको रहस्यमय ढंगले निधन भएपछि चिन्ता थपिएको बताए।

लामो समय सम्पर्कमा नआएपछि साथीभाइमार्फत् खोजी गर्नेक्रममा आशिषको मृत्यु भएको थाहा भएको खगेन्द्रले बताए

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फूयँलले भने शव ल्याउन पहल गरिने बताएका छन् ।

Published on: 18 July 2024 | Nagarik

Link

Back to list

;