s

कतारमा दर्जनौ युवाहरुको बिचल्लीमा

Year of Publication: 18 March 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारीका लागि कतार पुगेका दर्जनौ नेपाली युवाहरु बिचल्लीमा परेका छन् । पीडित युवाहरुले आफूहरुलाई करिब जनही २ लाख रुपैयाँ लिएर कतारमा राम्रो रोजगारी लगाइदिने भन्दै फसाएको गुनासो गरेका छन् । प्रलोभनमा पारी कतार पुर्याउने कृष्ण बहादुर लामा, आशिष दाहाल, गोपाल बुढाथोकी र टिका थापा फरार छन् । कतारी रियाल १८ देखी २ हजारसम्मको काम लगाइदिने भन्दै उनीहरुले कतार पुर्याएर अलपत्र पारेको उनीहरुले बताएका छन् ।
 
कतार जानुअघि नै उनीहरुले राम्रो रोजगारी पाउने आशमा जनही १ लाख ८० हजार देखि २ लाख ३५ हजार रुपैयाँसम्म दलाललाई बुझाएका थिए ।
 
हाल सम्मपनि कुनैपनि काम नपाएको र आफूहरुले बारम्बार फोन सम्पर्क गर्दा समेत उनीहरु सम्पर्कमा नआएकाले बिचल्लीमा परेका युवाहरुले बताए ।
 
यसरी महिनौ अलपत्र परेका उनीहरु अहिले नेपाली दूतावासको शरणमा पुगेका छन् । तर  दूतावासले उनीहरुको कुरा सुन्नै नचाहेको बताएका छन् ।
 
दुतावासले केही गर्न सक्दैन तपाईलाई जसले पठाएको हो, उसैसँग सम्पर्क गर्नुहोस् भनि फिर्ता पठाएको उनीहरुको गुनासो छ ।
उनीहरुलाई कतार पुर्याउने आशिष दाहाल कतारमै रहेपनि उनलाई नियन्त्रण लिई सोधपुछ गर्न दूतावासले कुनै चासो दिएको दिएन् । दाहाल नेपाल गएको उनीहरुले बताएका छन् ।
 
यसरी मानव तस्करको जालमा परि अलपत्र परेका उनीहरु केही दिनअघि विवेकशिल साझा पार्टी  कतार इकाइको सम्पर्कमा पुगेका थिए ।इकाईले मानव तस्करका नाइकेहरुलाई कडा कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग गरेको सुरेश भट्टले बताए ।
 
Published on: 18 March 2018 | Madhyanha

Back to list

;