s

कतारमा ९ जना नेपालीलाई आममाफी

Year of Publication: 27 December 2019 | Onlinekhabar

Published by: CESLAM

कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ। बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।

कतार सरकारको आममाफी निर्णयसँगै नौ जना नै रिहाइ भइसकेको दोहास्थित नेपाली दूतावासको कार्यालयले जानकारी दिएको छ । आममाफी पाउनेहरुलाई नेपाल फर्किन सहजताका लागि राखिएको डिपोर्टेशन सेन्टरमै दूतावासले अधिकृत कर्मचारी खटाएको थियो ।९ जना मध्ये राहदानी नभएका चार जनालाई बुधबार नै यात्रा अनुमति पत्र जारी गरिएको दूतावासले जनाएको छ ।

Published on: 27 December 2019 | Onlinekhabar

Link

Back to list

;