s
Year of Publication: 18 May 2017 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
होम कार्की
कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।
मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।
अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ कम्पनीले बनाउदै आएका त्यस भवनमा अन्य कम्पनीका कामदार समेत गरेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय कामदार रहेका छन् ।
त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
Published on: 18 May 2017 | Kantipur
GET IN TOUCH