s

कतारी जेलमा नेपाली

Year of Publication: 9 December 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

ग्वालीचौर-६, बागलुङका ४८ वषर्ीय लोकबहादुर जिसी कतारमा सात वर्षदेखि गाडी चलाउँदै आएका थिए । दोस्रो पटकको छुट्टी सकेर गत डिसेम्बर २६ मा र्फकनेक्रममा दोहा विमानस्थलमा भाङ ल्याएको भन्दै प्रहरीले उनलाई पक्रियो । त्यतिबेला उनी लागू औषध नियन्त्रण शाखामा एक हजार रियाल धरौटी राखेर निस्किए । 

उक्त मुद्दालाई पछि यहाँको प्रारम्भिक अदालतले गत जेठ १८ मा तीन वर्ष कैद र दुई लाख पाँच हजार रियाल दण्ड जरिवाना तोक्यो । त्यसपछि भाङ हाम्रो लागू औषध नभई अचारमा प्रयोग गर्ने वस्तु हो भन्दै माथिल्लो तहमा कुराकानी गरी आममाफीका लागि पहल गरिदिन भन्दै उनी दूतावास पुगेका थिए । तर साउनयता दूतावासमा सम्पर्कमा थिएनन् । 'हामीले कता गए भन्ने चासो परिरहेको थियो,' नेपाली दूतावासका कन्सुलर शाखा हेर्दै आएका द्वितीय सचिव जयबहादुर राईले भने, 'अचानक उनी सेन्टर जेलमा पो भेटिए ।'

राईका अनुसार दूतावासको टोली जेलमा पुग्दा उनी काम गरेर बसिरहेका थिए । 'प्रहरीले बाहिर बस्न मिल्दैन भनेर ल्याए,' लोकबहादुरको भनाइ उद्धृत गर्दै राईले भने, 'त्यसपछि यतै आइयो ।' जोशीलाई कतारमा भाङ ल्याउन नपाइनेबारे राम्रो ज्ञान थियो । बुहारीले छोरा -भतिजा) का लागि पठाएको पार्सल नहेर्दा उनी समस्यामा परेका हुन् । कतारमा लागू औषधलाई निकै गम्भीर रूपमा लिइन्छ । 'मलाई यहाँ भाङ ल्याउनु हँुदैन भन्ने थाहा थियो,' कतार अघि साउदीमा समेत पाँच वर्ष बिताएका उनले कान्तिपुरलाई भनेका थिए, 'पार्सलमा के थियो भन्ने नसोधी ल्याएँ र अहिले ठूलो समस्यामा परेँ ।' दूतावासका अनुसार सेन्टर जेलमा २७ जना नेपाली छन् । दूतावासबाट एक वर्षअघि मात्रै जेलमा रहेको नेपालीको वस्तुस्थिति बुझ्न गएको थियो । 'संख्या उति नै रहेछ,' राईको जवाफ थियो, 'केही मान्छे मात्रै परिवर्तन भएछ ।' तिनी परिवर्तन भएकामध्ये एक थिए, जिसी । 

यस्तो मुद्दामा खाडीका अन्य मुलुक यूएई, साउदी, कुबेतमा जेल पर्ने नेपालीको संख्या बढिरहेको छ । दूतावासहरूले पटक पटक यस्ता वस्तु नबोक्न, जो कोहीको पार्सल नओसार्न सार्वजनिक सूचना जारी गरिरहेका छन् । कतारमा मात्रै जोशीसहित लागू औषध प्रकरणमा जेल पर्ने अरू सात जना नेपाली छन् । 

सेन्ट्रल जेलमा हत्या अभियोग लागेका चन्द्रशेखर यादवदेखि गैरप्राकृतिक यौन सम्बन्धमा संलग्न रहेको आरोप लागेका नेपाली छन् । एउटी इन्डोनेसियाली महिलाको हत्यामा संलग्न भनिएका यादवलाई मृत्युदण्ड सुनाइएको थियो । तर कतारस्थित नेपाली दूतावासको निरन्तर प्रयासपछि उनको मृत्युदण्ड एउटा आजीवन कारबासमा परिणत भयो । कतारी महिला वकिल मोनाले खोलेको महत्त्वपूर्ण भूमिकाले उनले जीवनदान पाए । अहिले उनी घरफिर्ने दिन कुरेर बसिरहेका छन् । 'सम्भवतः अब उनी २०१८ सम्म जुट्नेछन्,' राईले भने, 'यो पटक पनि उनीसँग मजाले कुराकानी भइरहे ।' २००३ मा जेल परेका यादव सामान्य कामदारमा आएका हुन् ।  

यस्तै, हत्या अभियोगमा ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । हत्यामा सहयोगी बनेको भन्दै तीन जना सेन्ट्रल जेलमा थुनिएका छन् । सेन्ट्रल जेलमै रक्सी बनाएकोमा एक वर्ष र खाएकामा तीन महिनाको सजाय भोग्ने नेपाली तीन जना छन् । रक्सी खाएर गाडी हाक्दा १० हजार रियाल सजाय पाएर तिर्न नसक्दा एक नेपाली गत सेटेम्बर ३० बाट थुनिएका छन् । यसबाहेक बलात्कार गर्नेदेखि अप्राकृतिक शारीरिक सम्पर्क राख्ने जोडीसमेत सेन्ट्रल जेलमा छन् । उक्त जोडीलाई ३ वर्षको सजाय सुनाइएको छ । चोरी अभियोगका आठ जना छन् । विभिन्न मुद्दामा संलग्न नेपालीको नाम ठेगाना खुलाइएको छैन । जेलमा परेका धेरैको विषयमा परिवार पनि अनविज्ञ छन् । 'उनीहरू -कैदी) ले आफ्नो विवरण बाहिर नदिन आग्रह गरेका छन्,' राईले भने, 'आफ्नो वास्तविकता थाहा पाउँदा परिवार झन् तनावमा पर्छन् । त्यही भएर उनीहरू यस्तो कुरा बाहिर ल्याउन चाहँदैनन् ।' दूतावासका अनुसार कतारमा नेपालीको संख्या जति बढ्दै छ, त्यति नै गैरकानुनी मुद्दा मामिलाहरू बढिरहेका छन् । 

सेन्ट्रल जेल नजिकै कतारको साहनिया जाने बाटोमा एउटा भव्य जेल छ । भरुभूमि, मजरादेखि उ“mटरेसमा काम गर्ने नेपालीहरू प्रायः साँझको समय उक्त क्षेत्रमा भेट गर्छन् । त्यसबेला त्यो जेलको पर्खालहरू रातो बत्तीले सजाइएको हुन्छ । 'यो जेल साउदी जानेहरूका लागि मात्रै हो,' १५ वर्षदेखि यहाँ कार्यरत झापाका चानक पोखरेलले चिनाए, 'हामी भाग्यमानी छौं कि मृत्युदण्ड भोगिसकेका नेपालीलाई यो जेलमा ल्याएको छैन ।' उनले जानेबुझेअनुसार यसमा जो कोही छिरिसकेपछि जीवन जोगिएको छैन ।

Published on: 9 December 2012 | Kantipur

Back to list

;