s

कतारद्वारा न्यूनतम तलब निर्धारण गर्ने कानुन पारित

Year of Publication: 18 October 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरेको छ । आँउदो जनवरीदेखि यसलाई कार्यान्वयन गर्ने तयारी गरेको छ । बुधबार बसेको कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हो । प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने बताए ।खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेको छ ।

नेपाली कामदारको बाहुल्यता रहेको खाडीका ६ वटा देशले नै न्यूनतम तलब तोकेका छैनन् । न्यूनतम तलब नतोक्दा नेपाली कामदारले कम्पनीसँग सम्झौता गरे अनुसारको तलब पाउने गरेको छैनन्। नेपालले कतार जाने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको छ । न्यूनतम तलब निर्धारण गर्नका लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले संयुक्त अध्ययन पुरा गरिसकेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको निर्णय स्वागतयोग्य कदम भनेको छ । ‘कतारको श्रम बजारलाई परिवर्तन गर्ने यो निर्णय स्वागतयोग्य छ । यो कमदले कामदारको अधिकारलाई ग्यारेन्टी गर्न सहयोग मिल्नेछ’, आईएलोद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘खाडीमा कामदारको न्युनतम तलब निर्धारण गर्न कानुन बनाउने देश कतार पहिलो बनेको छ ।’ कतारमा नेपाली कामदार चार लाख कार्यरत छन् ।

Published on: 18 October 2019 | Kantipur

Link

Back to list

;