s

कतार पुलिसमा रोजगारी लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Year of Publication: 15 May 2023 | Nagarik

Published by: CESLAM

कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं धुम्बराहीबाट पक्राउ गरेको हो।

लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेका छन्।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

Published on: 15 May 2023 | Nagarik

Link

Back to list

;