s

पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

Year of Publication: 6 January 2022 | Gorkhapatra

Published by: CESLAM

काठमाडौं, पुस २१ ग्ते । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने बाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका २४ वर्षीय समिर कार्की रहनुभएको छ ।

वर्किङ भिषामा पोर्चुगल जानप्रति व्यक्ति १४ लाख रुपियाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइ दिने र मासिक एक लाख रुपियाँभन्दा बढी कमाई हुन्छ भनेर प्रलोभनमा पारी चार जना व्यक्तिबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख लिइ ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उहाँहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Published on: 6 January 2022 | Gorkhapatra

Link

Back to list

;