s

पाेल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई विदेशी पक्राउ

Year of Publication: 17 August 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई विहिवार पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुले सन् २०१६ अप्रिलमा पर्यटक भिसामा नेपाल आएर पुतलीसडकमा पिपुल वर्क गुप्र कार्यालय सञ्चालन गरी ठगी गरेको प्रहरीले जनाएको छ। महाशाखाका अनुसार उनीहरुले पोल्याण्ड पठाइदिने भनी उदयपुरका वुद्धिराज विष्टलगायत नौ जनालाई मासिक ९० हजारदेखि एक लाखसम्म कमाई हुन्छ भनी प्रतिव्यक्ति रु सात लाख ५० हजारसम्म लिएका थिए।

प्रहरीले उनीहरुसँग विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीका मोवाइल सात थान, पासपोर्ट दुई, कम्पनीको छाप तीन, स्क्यानर प्रिन्टर एक थान र विभिन्न कागजपत्रहरु बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि विहिवारनै महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ। रासस

Published on: 17 August 2018 | Nagarik

Back to list

;