s

परिवारलार्इ खुसी दिन परदेशिएका सुमन अस्पतालको बेडमा, सहयोगको अपील

Year of Publication: 21 November 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

रोजगारीका लागि साढे दुई वर्षअघि युएई आएका रत्ननगर-२ टाँडी चितवनका सुमन परियार यतिबेला रोगले थलिएका छन् । दुबै मिर्गाैला बिग्रेपछि उनी दुई सातादेखि अबुधाबीको खालिफा अस्पतालमा उपचाररत छन् । दुई सातादेखि वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने भएपछि सुमन कार्यरत पारल ग्रुप अन्तर्गत डेल्मा मल टिम हर्टन कफीका म्यानेजर चितवनकै सञ्जु तमुले स्वास्थ्य जाँचको प्रबन्ध मिलाइदिए । अस्पतालमा चेकजाँच पछि सामान्य रिपोर्ट आउने आश गरेका परियारको जीवनमा सोच्दै नसोचेको रिपोर्ट आयो । चिकित्सकले उनको दुवै मिर्गौलाले काम गर्न छोडिसकेको बताए । धन कमाएर परिवारलाई केही खुसी दिने सपनासहित युएई आएका उनको जीवनमा सोच्दै नसोचेको बज्रपात आइलाग्यो । जेनतेन आफूलाई सम्हालेका सुमनले परिवारलाई आफ्नो स्वास्थ्यका बारेमा निकै साहस जुटाएर सुनाए । परिवारको एकमात्र छोरो परदेशमा यसरी थलिएपछि बुबाआमालाई कस्तो भएको होला ? उनी महसुस गर्छन् । गहभरी आँसु पार्दै बाबुआमालाई आफूलाई केहीँ नहुने बताइरहेका छन् । सुमनलार्इ बचाइदिन परिवारको अाग्रह परदेशको अस्पतालमा छोरो छटपटाइ रहेको खबर सुनेका सुमनका परिवारले उनलाई बचाइदिन सबैसँग आग्रह गरेका छन् ।

परिवारका कोहीँ सदस्यले भएपनि मिर्गौला दिने तर उपचारा लाग्ने खर्च एक्लैले जुटाउन नसक्ने जनाएको छ । त्यसका लागि देशविदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लाग्ने रकम जुटाउन सक्ने अवस्था छैन । बुबाआमाको कपडा सिलाउने पेशाले घर परिवार चलाउन कठीन छ । बुबाआमाको साहराका लागि केहीँ समयअघि छुटि्टमा नेपाल गएर सुमनले बिहे गरेका छन् । परिवार थपिएपछि अहिले घरखर्च पनि थपिएको छ । तर, कमाउने छोरो रोगले थलिएपछि अब के गर्ने ? सुमनको परिवार चिन्तामा छ । समय समयमा डायलासिस गराइरहनु पर्छ । अहिलेसम्म ६ पटक डायलासिस भइसकेको छ । युएइमै उपचार गराउने गरी कम्पनीले समन्वय गरिरहेको छ ।

म्यानेजर तमुले सुमनका परिवारको कोहीँ सदस्यलाई यहीं ल्याएर उनको उपचार र रेखदेखमा सहज बनाउने प्रयत्न भइरहेको जनाए । अहिले कम्पनीकै साथीभाइले समय मिलाएर उनको रेखदेख गरिरहेका छन् । सुमन आफैले अस्पतालको बेडबाट सहयोगका लागि याचना गरिरहेका छन् । सहयोगका लागि पहल सुरु अस्पताल पुगेर सुमनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका गायक प्रकाश पौडेल र पत्रकार उमाकान्त पाण्डेले सहयोगका लागि पहल सुरु गरेका छन् । गायक पौडेलले उनको रेखदेखका लागि नेपालबाट श्रीमती सबिता परियार ल्याउन सघाउने बताए । भिसाको प्रबन्ध भएको र हवाइ खर्च र बाँकी उपचार खर्चका लागि सहयोग जुटाइरहेको पत्रकार पाण्डेले बताए । कम्पनीका साथीहरुले ५ हजार दिराम सकंलन गरिसकेका छन् । अन्य सहयोग जुटाउन यहाँ रहेका नेपाली र संघ संस्थालाई आहृवान गरिएको छ । उनलाई सहयोग गर्न चाहनेले चितवनमा सुमनका बाबु शितलबाबु परियारलाई ९८४५४०६३५४ र आमा चन्दा परियारलाई ९८४५५२३३१९ मा सम्पर्क गर्न सकिनेछ ।

Published on: 21 November 2018 | Onlinekhabar

Back to list

;