s

परामर्श केन्द्र खोलेर ठगी गर्ने १३२ थान पासपोर्ट सहित पक्राउ

Year of Publication: 17 March 2018 | Ujyaaloonline

Publication Type: NEWS

Published by: CESLAM

गैरकानूनी रुपले राहदानी संकलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटनका ३५ वर्षीय टोपबहादुर महत र १९ वर्षीय जित सत्याल, सुनसरीको धरान १६ का २९ वर्षीय राजकुमार श्रेष्ठ तथा मोरङको सिजुवाका २६ वर्षीय रमेश काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।
 
काठमाडौँमा वैदेशिक रोजगार परामर्श केन्द्र प्रालि सञ्चालन गरेर टोपबहादुर महतले ठगी गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा तथा वैदेशिक रोजगार विभागबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 
 
उनीहरुले रोजगारीका लागि विदेश पठाउने भन्दै राहदानी संकलन गर्ने र पैसा लिएर विदेश नपठाई अल्झाएर राख्ने गरेका थिए । उनीहरुले पीडितबाट एक देखि दुई लाख रुपैयाँसम्म लिएका छन् ।
 
उनीहरुको साथबाट प्रहरीले १३२ थान राहदानी, ल्यापटप, वैदेशिक रोजगार सम्बन्धी कागजात बरामद गरेको छ । 
 
Published on: 17 March 2018 | Ujyaaloonline

Back to list

;