s

ओमानसँग पनि श्रम समझदारी गर्ने तयारी

Year of Publication: 11 November 2019 | Gorkhapatra

Published by: CESLAM

सीता शर्मा

नेपाल सरकारले ओमान सरकारसँग छिट्टै द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्ने तयारी गरेको छ । यसअघि दुवै देशबीच पटकपटकको छलफल र वार्ताबाट समझदारीको मस्यौदामा दुवै देशको सहमति जुटेसँगै नेपाल सरकारले ओमान सरकारसँग एमओयू गर्ने गरी तयारी गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानसँगको श्रम समझदारीका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको मस्यौदा ओमानमा पठाइसकेको छ । मन्त्रिपरिषद्ले ओमानसँग श्रम समझदारीको मस्यौदा कात्तिकको पहिलो हप्तामा नै स्वीकृत गरिसकेको छ ।

श्रम समझदारीका लागि दुई देशबीच आदानप्रदान भएर अन्तिम चरणमा पुगेको मस्यौदा स्वीकृतका लागि दुवै देशले आ–आफ्नो देशको मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ । उक्त मस्यौदालाई नेपालको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर समझदारीका लागि नेपाल आउन श्रम मन्त्रालयले ओमानलाई पत्राचार गरिसकेको जनाएको छ । श्रम मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गानाले नेपालले ओमानसँग श्रम समझदारी गर्नका लागि मन्त्रिपरिषद्बाट स्वीकृत मस्यौदासहित समझदारीका लागि आउन पत्रसमेत पठाइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, नेपालबाट पठाएको श्रम समझदारीका लागि स्वीकृत मस्यौदा र पत्र ओमानको सम्बन्धित ठाउँमा पुगेको छ, उहाँहरूले पनि आफ्नो मन्त्रिपरिषद्बाट स्वीकृत गरेर श्रम यसका लागि यही दिने आउने भन्ने सूचना अहिलेसम्म हामीकहाँ आएको छैन । उहाँहरू त्यसको तयारीमै हुनुहुन्छ भन्ने बुझेका छौँ, मन्त्रीसहितको टोली समझदारीका लागि छिट्टै नेपाल आउनुहुन्छ, यसमा हामी विश्वस्त छौँ, सहसचिव ढुङ्गानाले थप्नुभयो ।

Published on: 11 November 2019 | Gorkhapatra

Link

Back to list

;