s

ओमन दूतावासको प्रगति : रक्तदानदेखि प्रधामन्त्रीको भ्रमणसम्म

Year of Publication: 22 March 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

ओमानस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो १० महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रगति विवरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको ओमान भ्रमणदेखि राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीलाई बुझाएको ओहदाको प्रमाणपत्रसम्मलाई समेटिएको छ।
 
प्रगति विवरणमा नेपाल–ओमानको द्विपक्षीय सम्बन्ध सुधारका लागि दुई देशका उच्च पदाधिकारीबीच छलफल भएको उल्लेख छ। ‘ओमानमा रहेका नेपालीका साथ १०औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको थियो,’ दूतावासको प्रगति विवरणमा भनिएको छ।
 
तत्कालीन प्रधानमन्त्री देउवाले २०७४ असोज ९ देखि १२ गतेसम्म ओमानको भ्रमण गरी दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुु-याएको ठहर दूतावासले गरेको छ। ओमानसँग श्रम सम्झौता गर्ने प्रक्रिया हाल धेरै अगाडि बढेको प्रगति विवरणमा उल्लेख छ। यो अवधिमा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्रसम्बन्धी एमओयूमा हस्ताक्षर भएको समेत जनाइएको छ।
 
‘ओमानमा कार्यरत नेपाली महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो। सो शिविरमा ओमान क्यान्सर एसोसिएसन र बरखत अल नुर क्लिनिकले दूतावाससँग सहकार्य गरेको थियो,’ प्रगति विवरणमा उल्लेख छ। कार्यक्रममा ओमानमा कार्यरत ७५ नेपाली महिलाले निःशुल्क स्क्रिनिङ तथा ४० पुरुष कामदारले ब्लड सुगर टेस्ट र बिएमआइ परीक्षण गराएका थिए।
 
दूतावासले विगत १० महिनामा ६० जना महिला तथा पुरुष कामदारको उद्धार गरी स्वदेश फर्काएको जनाइएको छ। यस्तै दूतावासले हालसम्म ओमानका विभिन्न जेलमा २ जना र अस्पतालमा ४ जना नेपाली रहेको बताएको छ। पछिल्लो १० महिनामा ओमानमा ६ जना नेपालीको मृत्यु भएको छ।
 
Published on: 22 March 2018 | Nagarik

Back to list

;