s

नेपाली प्रभावित छैनन् : कतार

Year of Publication: 21 June 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

कतारले आफ्नो देशमा कार्यरत नेपाली कामदारलाई नाकाबन्दीबाट कुनै असर नपरेको जनाएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुरसँगको सोमबारको भेटमा नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलीले नेपालीको जीवन शान्त रहेको जनाए । 
 
‘साउदी नेतृत्वमा भएको नाकाबन्दीले कतार तथा नेपाली कामदारलाई कुनै असर परेको छैन,’ राजदूत हैलीले श्रममन्त्रीसमक्ष भने, ‘यसबाट नेपालमा रहेका कामदारका परिवार आत्तिनु पर्दैन ।’ उनले कतार सरकारले आवश्यक खाद्यान्न विभिन्न देशबाट सहज रूपमा आयात गरिरहेको जनाए । ‘साउदीबाट सबै खाद्यान्न आउने होइन । ट्रान्जिटका रूपमा मात्रै प्रयोग हुन्थ्यो,’ हैलीको भनाइ उद्धृत गर्दै श्रम प्रवक्ता गोविन्दमणि भुर्तेलले कान्तिपुरलाई भने, ‘नाकाबन्दीपछि ओमन, इरान, भारतलगायत विभिन्न देशबाट आपूर्ति भइरहेको छ ।’ 
 
भेटमा श्रममन्त्री मन्सुरले कतारको विकसित घटनाक्रमलाई कूटनीतिक ढंगबाट समाधान गर्न नेपालको चाहना रहेको बताए । उनले कतारमा दक्ष कामदार लैजानसमेत अनुरोध गर्दै नेपाली कामदारसँग सम्बन्धित समस्या समाधान गर्न अनुरोध गरेका थिए ।
 
Published on: 21 June 2017 | Kantipur

Back to list

;