s

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

Year of Publication: 25 June 2024 | Kantipur

Published by: CESLAM

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराएका छन् ।

घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरेका थिए ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गरेका थिए । पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए ।

सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेडबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै भने, 'झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर बेलग्रेड पुर्‍याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।'

Published on: 25 June 2024 | Kantipur

Link

Back to list

;