s

नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजान जापान तयार

Year of Publication: 12 November 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य थालेको छ । यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै छुट्टाएको थियो ।

नेपालका लागि जापनिज राजदूत मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गरेका छन्। ‘जापानले १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने नीति छ। कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान सकिनेछ,’राजदूत साइगोले विष्टसमक्ष भने,‘कृषि क्षेत्रका लागि छुट्टै सीप परिक्षण र भाषा पनि चाहिनेछ।’

मन्त्री विष्टले जापानको आवश्यता अनुसार भाषा परीक्षण र सीप परीक्षण गर्न सकिने बताए। जापानले पहिलो चरणमा नर्सिङ क्षेत्रको लागि भाषा परीक्षा भइरहेको राजदूतले जानकारी दिए।

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएपनि श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ।

पहिलो लटमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ। यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई रोजगारदाताले चयन गर्ने जापानले जनाएको छ।

Published on: 12 November 2019 | Kantipur

Link

Back to list

;