s

नेपाली कामदार लिने विषयमा जापनबाट प्राविधिक टोली आउने

Year of Publication: 7 January 2019 । Setopati

Publication Type: NEWS

Published by: CESLAM

जापान सरकारले नेपाली कामदार लिने कानूनी व्यवस्था गरेसँगै नेपालसँग कामदार लिने मोडालिटीका बारेमा छलफल गर्न प्राविधिक टेली नेपाल आउने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि जापानी राजदुत मासिमची साइगोबीचको भेटमा नेपाली कामदारलाइ जापनले लिने बारे कुराकानी भएको थियो।
 
भेटका क्रममा साइगोले नेपाली कामदार लिने विषयमा छलफलका लागि जापानबाट प्राविधिक टोली नेपाल आउने जानकारी गराएको श्रम मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।कामदारको हीत हुने उपयुक्त विधि,प्रक्रिया र संयन्त्रको बारेमा उक्त टोलीले छलफल गर्ने बताइएको छ।
 
Published on: 7 January 2019 । Setopati

Back to list

;