s

नेपाली दुतावास युएईले गर्‍यो मानव तस्करहरुको नाम सार्वजनिक, यी हुन् तस्करी

Year of Publication: 6 September 2017 | Naya Patrika

Publication Type: NEWS

Published by: CESLAM

लक्ष्मण खनाल

नेपाली राजदुतावास युएईले भिजिट भिषा, वा कामदार भिषामा युएई ल्याएर नेपाली युवाहरुलाई ठग्ने, अलपत्र पर्ने ५१ जना मानव तस्करहरुको नाम सार्वजानिक गर्दै उनीहरुलाई कारवाहीको लागि सहयोग गर्न अनुरोध गरेको छ ।दुतावासले बुधबार विज्ञप्ती जारी गर्दै ठग, दालाल र मानवतस्करहरुबाट सचेत रहन सबैलाई जानकारी गराएको छ । दुतावासमार्फत फर्किएका पीडित नेपालीहरु र अन्यहरुबाट परेको उजुरी का अधारमा तस्करहरुको नाम सार्वजानिक गरिएको कुरा विज्ञप्तीमा उल्लेख छ । दुतावासका अनुसार नेपाल र युएईमा रहेर बैदेशिक रोजगारीमा जान चाहने र जाने नेपालीहरु, बैदेशिक रोजगारीको प्रलोभन देखाई भिजिट भिषामा ल्याएर अलपत्र पर्नेहरुलाई कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिने छ ।

त्यसरी ठगी गर्नेहरुमा राजिव मल्ल, केशव सिवाकोटी, रेणु सिवाकोटी शाह तेली, इश्वर श्रेष्ठ, सुनिता थापा, टंक सुवेदी, राकेश खडायत, कुवेर रानाभाट, विबेक श्रेष्ठ, सुवास श्रेष्ठ, हरीशरण दास, पुष्कर कार्की, देवेन्द्र गौतम, भक्ति राम कोइराला, राजकुमार लामा, भिमबहादुर सुनार, रामकृष्ण थापामगर, रमेश कुवँर, प्रविण नरसिंह राना, पिताम्बर पराजुली, प्रजिल पराजुली , साजन पाण्डे, प्रताप लिम्बु, इसराफुल शाह, लक्ष्मण परियार, रोजन मगर, नरबहादुर घले, सोनाम लामा, नविन भट्टराई, राजकुमार लिम्बु, श्याम लामा, ङिमा शेर्पा, कृष्ण बहादुर गुरुङ्ग, हर्के तामाङ, विष्णु तामाङ, प्रेम खड्का, रमा तामाङ्ग छन् ।

त्यस्तै इशान खत्री, शुश्मा श्रेष्ठ, विना खरेल, हेमकुमारी विक, कमला तामाङ्ग, रतन लिम्बु, कल्पना राई, कर्पु तामाङ्ग, मास्टर थिङ्ग, भिम थिङ्ग, भिम तामाङ्ग, निमा शेर्पा, बाबुराम लामा, लक्ष्मी शेर्पा, जिमि गुरुङ्ग, साइला तामाङ्ग, विष्णु परियार, रोजन मगर, रानी राई र कला राई रहेका छन् ।

उक्त विज्ञप्तीमा दुतावासको महिला आवासगृहमार्फत नेपाल फर्केका ३३ जना पीडित नेपाली महिलाहरु, भिजिट भिषाबाट पिडित, र अन्य समस्याबाट उद्दार गरिएका ३८ जना पुरुषहरु गरी ७१ जान नेपालीहरुको उद्दार गरि नेपाल फर्काइएको जानकारी गराइएको छ । साथै मोटो रकम बुझाएर विभिन्न प्रलोभनमा युएई ल्याउने र भिजिट भिषा सकिनु अगावै दलाल फरार हुने, काम नखोजिदिने, भिजिट भिषा सकिनु अगावै देश नछोड्ने, क्लिनिङ वा भिजिट भिषामा महिलाहरु ल्याएर घरेलु कामदारको रुपमा काम गराउने जस्ता कार्यले समस्या पर्ने गरेको कुरा पनि दुतावासले जानकारी गराएको छ ।

दुतावासले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुलाई कानुनी मान्यता प्राप्त एजेन्सीमार्फत जान र सम्बन्धित देशको कानुनको पालना गर्न, गैरकानुनी कार्य बन्द गर्न सबैलाई आग्रह गरेको छ ।

Published on: 6 September 2017 | Naya Patrika

Back to list

;