s

नेपाली श्रमिक लैजान कोरिया सकारात्मक

Year of Publication: 27 June 2021 | Setopati

Published by: CESLAM

अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली श्रमिकहरु लैजान दक्षिण कोरिया सकारात्मक देखिएको छ।

निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिकहरु लैजान कोरिया तयार रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए।

‘कोरिया सकारात्मक देखिएको छ। तर कोरिया प्रवेश गर्ने नेपालीहरुले निश्चित मापदण्ड भने पालना गर्नुपर्ने शर्त कोरियाको छ,’ उनले सेतोपाटीसँग भने। उनका अनुसार नियमित उडान खुल्ला हुनुपर्ने कोरियाको शर्त छ।

कोरिया प्रवेश गर्ने श्रमिकहरुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ। कोरिया पुगेपछि १४ दिन कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा बस्नुपर्ने शर्त छ। शुल्क भने श्रमिक आफैले बेहोर्नुपर्ने कोरियाले जनाएको महानिर्देशक दवाडीले बताए।

‘हामी यस सम्बन्धमा श्रम मन्त्रालयसँग छलफल गरिरहेका छौँ। टुंगोमा पुग्न मन्त्रीपरिषद्को निर्णय नै कुनुपर्ने हुन्छ,’ उनले भने।

कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली युवाहरु कोरिया रोजगारीमा जान पाएका छैनन्।

जस कारण कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्र्याक्ट) आइसकेका सात हजार तथा तीन हजार बिदामा फर्किएका (कमिटेडहरु) रोकिएका छन्।

Published on: 27 June 2021 | Setopati

Link

Back to list

;